1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

बिर्तामोड १ ले गर्याे अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण



झापा ।  बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ ।
वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।
ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् ।
उनीहरुलाई ३५ हजार रूपैयाँ प्रति  गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताउनु भयो ।
वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताउनु भयो ।
श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आउनु भएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गर्नु भयो ।
वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment