झापा- कला साहित्यका क्षेत्रमा युवाहरुको भुमिका उभिबृद्वी गर्ने उदेश्यले झापाको बिर्तामोडमा केबि आर क्रिएशन ग्रुप गठन गरिएको छ । केबिआर प्रोड्क्शनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी भरत प्रसाईको संरक्षकत्वमा गठित समुहले कलमको माध्यम बाट आवाज विहिनहरुको आवाज बुलन्द गर्ने जनाइएको छ ।
क्रिएशन ग्रुपका अध्यक्ष जिना अधिकारीको अध्यक्षतामा आयोजीत कार्यक्रमा सञ्चारकर्मी चेतन लामिछाने र बसन्त नेपालले संस्थालाई जीवन्त राख्न लगनशिल्ता र उदेश्यपरक काम हुनु पर्नेमा जोड दिनुभयो । समुहको विविध गतिविधि प्रकाशन, प्रसारण गर्न देव बास्कोटाको संयोजकत्वमा २ सदस्यीय कार्यदल गठन गरिएको संरक्षक प्रसाईले बताउनु भयो ।
नव गठित केबिआर क्रिएशन ग्रुपमा उपाध्यक्ष रेजिना बास्कोटा,सचिव प्रशान्त बाग्ले ,सह सचिव पे्रमिका पाण्डे,कोषध्यक्ष, मुना काफ्ले र सदस्य हरुमा ओमनारायण राजवंशी,नितु मण्डल,अल्सा बस्नेत, दिपिन विश्वकर्मा र मुना खड्का चयन हुनु भएको छ ।
शनिवार आयोजीत कार्यक्रममा झापा भरिका ३५ जना नयाँ तथा पुराना श्रष्टाहरको गजल तथा भावना रेकर्ड गरेको संस्थाका प्रेस संयोजक बास्कोटाले जानकारी दिनुभयो । आफुहरुले कसैका प्रभावमा परेर यो समुह गठन नगरेको बताउँदै अन्तरनिहित प्रतिभा उजागर गर्नु नै आफुहरुको उदेश्य रहेको संस्थाका सचिव वाग्ले ले बताउनुभयो । आज बसेको पहिलो बैठकले महिनाको पहिलो आइतबार मासिक रचना बाचन लाई निरञ्तरता दिने निर्णय गरको प्रेस संयाजक बास्कोटाले बताउनु भयो ।