झापा । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् ।
बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो ।
प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव परेको छ ।
अन्य दिनहरुभन्दा सवारीको आवागमन कम भएको बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार जवरजस्ती गर्नेहरु पक्राउ गरेपछि अवस्था सामान्य बनेको छ ।
लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोसी खारेजीको माग सहित कोसी प्रदेशमा आम हड्तालको घोषणा गरिएको थियो ।
बन्दकर्ताहरुले प्रदेशभर सवारी आवागमनलाई पूर्ण रुपमा बन्द गरिएको दावी गरेका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१