1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता



झापा  । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन चैत ५ गते हुदैछ । त्यसका लागि विद्यार्थी संगठनहरु एकआपसमा प्रतिष्पर्धाका लागि तयार भएका छन् । झापामा मुख्य प्रतिष्पर्धामा अनेरास्ववियु र नेविसंघ देखिएका छन् ।

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, काँकडभिट्टा क्याम्पस, गरामनी क्याम्पस, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङा, दमक क्याम्पस, गौरादह बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सितारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ ।

अनेरास्ववियुले मेची बहुमुखी क्याम्पस भद्रपुरको सभापतिमा सन्देश धमला ‘पवन’, त्रिदेव क्याम्पस चारआलीको सभापतिमा योगश भट्टराई, काँकडभिट्टा क्याम्पसको सभापतिमा सन्तोष धमला, गरामनी क्याम्पसको सभापतिमा सन्तोष तिम्सिना, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको सभापतिमा निर्मल विश्वकर्मा, कनकाई आदर्श क्याम्पस बिर्तामोडको सभापतिमा पुकार बराल, कनकाई बहुमुखी क्याम्पस सुरुङाको सभापतिमा चेतन आचार्य, दमक क्याम्पसको सभापतिमा निषेश राई, गौरादह बहुमुखी क्याम्पसको सभापतिमा ईश्वर नेपाल, गौरीगञ्ज बहुमुखी क्याम्पसको सभापतिमा स्तब हुसेन खान, सितारमेश क्याम्पस बुधबारेको सभापतिमा प्रदिप बर्देवा, शनिश्चरे बहुमुखी क्याम्पसको सभापतिमा मनिष आचार्य, गौरादह कृषि क्याम्पसको सभापतिमा विक्रम कुमार तिवारीलाई उम्मेदवार बनाएको संगठनका जिल्ला अध्यक्ष रोशन लामाले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्किारी) ले जिल्लाका दुई वटा क्याम्पस बाहेकमा तालमेल गरेको जनाएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसको सभापतिमा सुरेन्द्र गिरी, कनकाई आदर्श क्याम्पसमा लक्ष्मण थापालाई सभापतिको उम्मेदवार बनाएको संगठनका जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । उनका अनुसार दमक क्याम्पसमा एमाले निकट अनेरास्ववियुसँग तालमेल गरिएको छ भने अन्य क्याम्पसहरुमा सत्तारुढ घटक विद्यार्थी संगठनहरुसँग तालमेल गरिएको छ ।

यस्तै, नेविसंघले झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा किशोर ढुङ्गाना, त्रिदेव क्याम्पस चारआलीमा अर्जुन गौतम, काँकडभिट्टा क्याम्पसमा विशाल तामाङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा पवन दाहाल, कनकाई क्याम्पस बिर्तामोडमा किरण गुरुङ, कनकाई बहुमुखी क्याम्पस सुरुङामा कुवेर दाहाल, दमक क्याम्पसमा सुविन न्यौपाने, सितारमेश क्याम्पस बुधबारेमा विवेक कार्की, शनिश्चरे बहुमुखी क्याम्पसमा विशाल थापा, गौरादह कृषि क्याम्पसमा राजन काफ्लेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघले गरामनी क्याम्पस र गौरादह क्याम्पसमा तालावन्दी गरेको जनाएको छ । नेविसंघले कुनै पनि क्याम्पसमा तालमेल नगरेको दावी गरेको छ ।

Comment