1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

देशभरका अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध



झापा  स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी शम्भु प्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएको बताए । प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने ज्ञवालीले बताए ।

स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् ।

 

Comment