झापा- झापाको बिर्तामोडमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिर्तावजारले केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवी महतरा प्रसाईंको प्रमुख आथित्य र जीवन विकास लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय कटहरीका संस्थागत तथा सामाजिक विकास विभागीय प्रमुख बिजय कुमार मंडलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै वित्तीय साक्षरता प्रदान गरिएको थियो । अति विपन्न ५ जना परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमको अन्तिम सत्रमा उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी, वडा नं. ४ का वडा अध्यक्ष राहुल कुमार शमाको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत् लघुवित्त विभाग प्रमुख मनोज कुमार साह, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी ईन्चार्ज, बिर्तामोड न.पा.वडा नं. ६ का वडा सदस्य शोभा विश्वकर्मा, केन्द्रहरूको प्रतिनिधित्व गर्दै शाखा कै पहिलो सदस्य अनिता मैनाली, केन्द्र नं.३१ कि बरिष्ठ केन्द्र प्रमुख तेज कुमारी खड्का, जिल्ला कार्यालय झापाका जिल्ला प्रमुख सुजन कुमार मंडल र बिर्तावजार शाखाका शाखा प्रमुख युवराज खड्का अतिथिको रूपमा रहेका थिए ।