झापा । झापा बिर्तामोडका युवा ब्यवसायी बिनोद उप्रेतीले आँखा दान गर्ने घोषणा गरेका छन् ।
उनी सँगै उनकी श्रीमती रोश्ना पौडेल उप्रेतीले पनि आँखा दान गर्ने घोषणा गरेकी छन् ।
बिनोदको जन्म दिनको अवसरमा सुक्रबार मेची अञ्चल आँखा अस्पताल पुगेर उनीहरु दुबै जनाले आँखा दान गरेका हुन् ।
पछिल्लो समय फजुल खर्च गरेर जन्म दिन मनाउने चलन बढ्दै गएका बेला उप्रेतीले मृत्युपछि आँखा दान गर्ने घोषणा गरेका हुन।
“बाचुन्जेल समाजमा केही गरौ भनेर लाग्ने हामिले आफ्नो जीवन सकिएपछी पनि कसैले सम्झिराख्ने गरि र केही नदेख्नेहरुलाइ संसार देखाउनलाइ पनि यो काम गरेको हुँ” , उनले भने ” आफू मरेर जाँदा आफू सँगै मरेर जाने आँखालाइ सदुपयोग गर्न सबैले आँखा दान गरौँ ।
उनले यस अघि पनि जन्म दिनका अवसरमा बालबालिकालाइ न्यानो कपडा बितरण, ब्याग बितरण, रक्तदान लगायतका कार्यहरु गर्दै आएका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१