1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिमा नयाँ नेत्रीत्व चयन



झापा ।  राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड  ९ वार्ड कमिटिले  चिरन्जिवी अधिकारीको अध्यक्षतामा २१ सदस्य नयाँ वार्ड कमिटी पुन: गठन गरेको छ ।

मंगलबार गरामनी स्थित नेकपा एमाले संयुक्त वार्ड पार्टी कार्यलयमा आयोजित कार्यक्रमका बिच नयाँ कमिटी गठन गरिएको हो ।

नव गठित कमिटिको उपाध्यक्षमा प्रकाश सुनार, सचिव पवन सुबेदी सहसचिव मिना आचार्य र कोषध्यक्षमा  सागर दर्नाल रहनुभएको छ ।

सदस्यहरुमा कमला बिष्ट, अम्बिका खड्का, रुद्र रिमाल, राहुल तामाङ्ग, संजिव खरेल, रितेश राजबंशी, तुलशी पाठक, सौरव खरेल, सागर मगर, सुनिल राजबंशी, प्रकृति पौडेल, सागर नेपाल, सुजन घिमिरे, यदु गौतम लगायत रहनुभएको छ ।

“समाज परिवर्तनको अभियान: नवयुगको योगदान” अन्तरगत आयोजित कार्यक्रममा राष्ट्रीय युवा संघका केन्द्रीय सदस्य तथा प्रमुख अथिती  खगेन्द्रराज  आङ्दाम्बेले युवाहरुलाइ प्रशिक्षित समेत गराउनुभएको थियो ।

साथै, अन्य संघठनबाट दर्जनौ युवा राष्ट्रीय युवा संघ नेपालमा प्रवेश गरेका थिए ।

राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ९ वार्ड कमिटिका अध्यक्ष  अम्बिका खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य रोजिना पाण्डे, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुभास भट्टराई लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन संघका बिर्तामोड नगर अध्यक्ष रोहित ओलिले गर्नुभएको थियो ।

Comment