झापा । चोरिका घटना बढ्न थालेपछी बिर्तामोड ९ का युवाहरुले रातको समयमा गस्ती सुरु गरेका छन् ।
बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा दिनदहाडै चोरी लाग्न थालेको छ ।
बेलुकिको समयमा वार्ड भरिका करिब पचास जना भन्दा बढी युवाहरुको टोलिले वार्डका सबै टोलमा बुधबारबाट गस्ती सुरु गरेका हुन् ।
पालै पालो समूह समूह बनाएर युवाहरुले रातभर जस्तो गस्ति गर्दै आएको स्थानिय युवा रोहित ओलिले बताए ।
पानी तान्ने मोटर, घरायसी प्रयोगका सामान, पसलका सामान लगायत चोरी हुने गरेको अर्का युवा प्रदीप संग्रौलाले बताए ।