1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

भत्कियो बिरिङ खोलाको पुल



झापा ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल भासिँदा हुँदा आवतजावतमा समस्या भएको छ ।

अविरल वर्षासंगै आएको बाढीका कारण पुल भासिएको हो ।

पुल भासिएपछि झापाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट शनिश्चरे–खुदुनाबारी, इलामको माई नगरपालिका र रोङ गाउँपालिकाका विभिन्न भुभाग जोड्ने सडक अवरुद्ध भएको छ ।

पुल भासिएपछि त्यस स्थानबाट सवारी आवत–जावत ठप्प भएको छ ।

पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतह नजिक पुगेको छ ।

समयमै मर्मत सम्भार नहुँदा पुल भत्किएको स्थानीयले बताएका छन् । कट्टानको जोखिम भएको स्थानमा मर्मत सम्भार गरिएको भए यस्तो क्षती नहुँने स्थानीयको भनाई छ ।

झापालाई इलामसँग जोड्ने मार्गमा रहेको जिर्ण अवस्थाको पुल भासिँदा त्यस भेगका नागरिक मर्कामा परेका छन् ।

२०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment