झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका ३ सुरुङ्गाकी करिब ५० वर्षीया महिलाको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो बेलुकादेखि बिर्ता सिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी संक्रमित पवित्रा श्रेष्ठको उपचार भइरहेको थियो । आज साँझ उनको मृत्यु भएको आफन्त तिलरुपा श्रेष्ठले बताइन् । बिरामी श्रेष्ठलाई डेंगी पोजेटिभ देखिएको र त्योसँगै अन्य पनि समस्या रहेको बिर्ता सिटी हस्पिटलले जनाएको छ ।
योसँगै साउन महिनायता डेंगी सङ्क्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी सङ्क्रमितको सङ्ख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सङ्क्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१