1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ८ आइतबार

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरकाे बार्षिक उत्सवमा नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान



झापा – बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नाे छैटौं बार्षिक  उत्सव नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम गरि मनाइएको छ। छ बर्ष पूरा गरि सातौ बर्षमा प्रबेश गरेको अवसरमा विर्तामोडमा रहेकाे यस सेन्टरले आज बृहत नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम गरि मनाइएको हाे।

शिविरमा हार्ड्जोर्नी ,नसा तथा प्यारालाइसिस,पाइल्स,ग्यास्ट्रीक,कब्जियत, सुगर, कोलेस्ट्रोल , थाइराइड, महिलाका समस्या लगायत चेक जाँच गरिएको थियो ।
वार्षिक उत्सबका अवसरमा ४० जना भन्दा बढिको स्वास्थ्य जाँच गरि ल्याबमा १० प्रतिशत ,फिजियोथेरापीमा, १५प्रतिशत,क्षारसुत्रमा १०प्रतिशत र औषधिमा ५ प्रतिशत छुट गरिएको जनाइएकाे छ ।

डाक्टर बिनय प्रधान र डा.भगवान शाहको टोलिले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा १५ पिन्ट रगत संकलन भएको बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरकी संचालिका नर्वदा भट्टराईले जानकारी दिनु भयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment