1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

गरामनिमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



बिर्तामोड । बिर्तामोड ७ मा रहेको बेल्स मोडल इङ्लिस स्कुल गरामनीमा संचालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ ।

५९औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सनिबार सम्पन्न भएको थियो ।

बिर्तामोड नगरपालिका वडा न.७ मा संचालित वडा स्तरीय बालक्लबको आयोजनामा आयोजित प्रतियोगितामा बिर्तमोड ८ को लालीगुराँस इङ्लिस स्कुल द्वितिय र बिर्तामोड ७ कै कन्चन बोर्डिङ्ग तृतिय भएका छन ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका वडा न.७, ८ र ९ का सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुकाे सहभागिता रहेकाे  थियो ।

क्लबकी अध्यक्ष अनिशा रिजालको अध्यक्षता तथा वडा न.७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समसामयिक बिषयका प्रश्नहरु सोधिएको थियो ।

कार्यक्रमलाइ शुभकामना दिदै वडा अध्यक्ष खरेलले बालबालिकाका क्षेत्रमा लगानी गर्न स्थानीय निकाय तत्पर रहेको र आगामी दिनमा बालमैत्री वडा घोषणाका लागि धेरै योजनाहरु बनाइसकेको बताउनु भयो । उहाँले ति योजनालाई कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment