झापा । झापाको दमकस्थित मुख्य गणतन्त्र चोकमा चारैतिर राखिएको बत्ति बिग्रीएको महिनौ हुँदा समेत मर्मत नभएको देखेपछि नेपाल उधोग तथा ब्यबसायी महासंघ दमकको अग्रसरतामा शनिवार साँझ बत्ती बालिएको छ ।
महासंघका प्रदेश सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको अग्रसरतामा एक आपसमा आर्थिक संकलन गरेर नयाँ बत्ति जडान गरिएको जनाईएको छ ।
स्थानीय ब्यवसायीहरुले बारम्बार बत्ति बनाउन माग हुँदा पनि कतैबाट नबनाईएको गुनासो गरेपछि हामीले सकेको गरेका हौ, नगर अध्यक्ष लुइटेलले भने । अन्यत्र पनि बत्ति राख्नका लागि आवश्य प्रयास भइरहेको पनि लुइटेलले बताएकाछन् ।
मुख्य गणतन्त्र चोक नै दशै तथा चाडपर्वको समयमा समेत अध्यारो बन्नु हुदैन भनेर हामीले सकेको गरेका छौ, उनले भने । यहाँ ५ बर्ष अघि बत्ति राखिएको थियो । बिग्रेको महिनौ भएको थियो ।
दमकमा बिग्रिएका बत्तिहरु जडान गर्नका लागि हामीले दमक नगरपालिकासंग पनि माग गरेका छौ, लुइटेलको भनाई छ । दमकलाई सफासंगै उज्यालेो शहर बनाउन सबैको चासो जानुपर्छ यसका लागि मुख्य बजार क्षेत्रका सडकहरुका बत्तिहरु मर्मत गर्नुपर्छ, महासंघ दमकले भनेको छ ।
बत्तिको ब्यवस्थापन हुँदा समेत चोरीका घटना कम हुनसक्छन्, महासंघका प्रदेश सदस्य खतिवडाले भने । अध्यारो भयो भने सिसि क्यामेरामा समेत मानिस चिनिदैन अनि दुर्घटना भयो भने पहिचानमा पनि अप्ठेरो पर्छ, उनले थपे । मुख्य सडक तथा बजार क्षेत्रमा बिग्रिएका सबै बत्ति बाल्न आवश्यक पहल गर्ने उनले जनाए ।