1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १६ मंगलबार

पत्रकार परियारलाइ बणिज्य संघका अध्यक्षले दिएको धम्किप्रती प्रेस चौतारीले जनायो आपत्ती



झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी फेरि विवादको घेरामा तानिएका छन् । इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्कीपछि उनी विवादको घेरामा तानिएका हुन् ।

यसअघि विभिन्न समयमा पटक-पटक विवादास्पद अभिव्यक्ति दिएका कारण उनको आलोचना हुँदै आएको छ ।

प्रेस चौतारी झापाले आफ्नो संगठनका उपाध्यक्ष प्रदीप परियारको मानमर्दन हुने गरी सार्वजनिक ठाउँमा अभिव्यक्ति दिएको भन्दै संघका अध्यक्ष सिवाकोटीको कडा आलोचना गरेको छ ।

प्रेस चौतारीले बुधबार विज्ञप्ति निकालेर अध्यक्ष शिवाकोटीले दिएको अभिव्यक्तिको निन्दा गरेको हो । बिर्तामोडको एउटा सहकारी संस्थाको साधारण सभामा अध्यक्ष शिवाकोटीले पत्रकार परियारविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ‌।

इजलास दैनिकका सम्पादक परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्की अध्यक्ष शिवाकोटीले दिएको प्रेस चौतारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो सँगै परियारलाइ सिवाकोटिले दिएको धम्किलाइ आपतिजनक मान्दै पत्रकार महासंघ झापा साखा र प्रेस सेन्टरले समेत बुधबार नै विज्ञप्ति जारी गरेका छन ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment