1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

घातक रोग बापत भुक्तानि



झापा । आइएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले  आज घातक रोग बापतको भुक्तानी गरेको छ ।

झापाको हल्दिबारी १ गोल्धाप निवासी बिमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोगवापत दावि भुक्तानि स्वरुप  ५ लाख १० हजार रुपैया बराबरको रकम भुक्तानि गरेको हो ।राईले २०७८ साल बैशाख २७ गते उक्त रकम बराबर बिमाङ्कको बिमा गर्नुभएको र तीन किस्तामात्र रकम जम्मा गर्नुभएको थियो ।

उहाँलाई मुटु सम्बन्धि रोग पुष्टि भएको थियो । बिर्तामोड स्थित  संजिवनी हार्ट हस्पिटल प्रा. लि. मा डा. सि. पि. यादवसँग उहाँ निरन्तर परामर्शमा हुनुहुन्थ्यो ।

यादवले उहालाइ २०८० साल माघ ९ गते अन्तिम प्रमाणित कागजात दिनुभएको थियो ।

राईको बैंक खातामा माघ १५ गते अर्थात ७ दिनको दिन नै रकम भुक्तानि भएको आइ. एम. इ. लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका शाखा प्रमुख केशब कुमार पौडेलले बताउनुभयो ।

राईलाई  बिर्तामोड शाखामा  बोलाएर कम्पनिका प्रदेश नम्बर १ का प्रदेश प्रमुख मिलन दाहालले शिघ्र स्वास्थ्य लाभको कामना सहित भुक्तानिको चेक  हस्तान्तरण गर्नुभएको छ ।

Comment