1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

अटो पल्टिदा बिर्तामोड ९ का तामाङ्गको मृत्यु



झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा अहिले साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको डुम्रिसे–२ हाल बिर्तामोड ९ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो ।

अर्की घाइते सामना लिम्बूको चिउँडो भाँचिएको र गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले अटो र चालकलाइ नियन्त्रणमा लिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment