झापा । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ ।
झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
हिजो बिहान ११ बजे खेल्न हिँडेका उनको घरदेखि ५ सय मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।