मेष– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
वृष– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बधाउन सक्छ।
मिथुन– रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।
कर्कट– आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।
सिंह– प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ ।
कन्या– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
तुला– मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।
वृश्चिक– नयां काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
धनु– आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् ।
मकर– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।
कुम्भ– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
मीन– नया काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ ।
बिशेष कुरा = २८ वर्ष पछी मांगलिक दोष हुदैन भन्छन् के यो साँचो हो ? अरु के कुरामा असर हुन्छ ?
बिशेष काममा विचार गर्नु पर्ने समयहरु ।
चन्द्र होरा मात्र बिहान 06:44 देखि बिहान 06:59 सम्म ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।
यमघंटक काल बिहान 07:08 देखि बिहान 08:49 सम्म ।
यो समय मंगल ग्रहको उपग्रह यमघंटकको असर दायक समय हो । यो समय महा अशुभ समय मानिन्छ । यो समयमा गरिएका कुनै पनि महत्वपूर्ण काममा मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा बताईएको छ ।
बृहस्पति होरा बिहान 09:21 देखि बिहान 09:27 सम्म छ । यो समयमा पारेर जुनसुकै ठुला काम, नयाँ काम र जोखिम कामको सुरुवात गर्न सकेमा त्यो काम पछि सम्म फलदायक हुनेछ ।
गुलिक काल बिहान 10:30 देखि दिउसो 12:11 सम्म ।
गुलिक काल शनि ग्रहको उपग्रह अन्तर्गत प्रभाव समय भएकाले यो समयमा गरिएका नयाँ काम, ठुलो काम र जोखिम काममा बाधा हुन्छ । पूराहुन कठिन हुन्छ । त्यहि कामलाई दोहोर्याएर गर्नुपर्ने हुन्छ भनि पुरणहरुमा बताईएको छ ।
राहु काल दिउसो 12:11 देखि दिउसो 01:52 सम्म ।
यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
राहु कालमा सुरु गरिएका व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ,
मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।
चन्द्र होरा दिउसो 02:57 देखि दिउसो 3:06 सम्म ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।
य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला ।
पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला । बिशेष सावधानी अपनाउनु पर्ने समयहरुमा मात्र ।