1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

१ करोड भन्दाबढी रकम प्रभु बैंकमै गायव



झापा । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहनुभएका नेपालले आज पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १९ लाख रुपैयाँ गायब गरिएको बताउनुभयो ।

बिर्तामोड ७ निवासी पत्रकार नेपालले आफ्नी श्रीमती मन्जु नेपालको नाममा रहेको प्रभु बैंकको खातामा फरक फरक मितिमा १ करोड १९ लाख रुपैयाँ जम्मा गरेको बताउनुभयो ।

बैंकका मार्केटिङ म्यानेजर बताउने भद्रपुरस्थित चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतबस हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको उहाँले बताउनुभयो । उहाँले बैंक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनुभयो ।

यस घटनाको सम्बन्धमा बैंकले केन्द्रीयस्तरमा छानबिन समिति बनाएको बैंकका बिर्तामोड शाखाका प्रवन्धक गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

Comment