1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

आजकाे राशिफल ( २०८१ श्रावण १७ गते )



मेष– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृष– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन– महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट– कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

सिंह– व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा जमिनबाट भने मनग्य लाभ मिल्नेछ ।

कन्या– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

तुला– काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।

वृश्चिक– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ ।

धनु– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ ।

मकर– भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।

कुम्भ– भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।

मीन– आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

बिशेष कुरा = विवाहमा मन नलाग्नु, बडि छान्नु, अनौठा बाधा देखिनु मांगलिक दोषका लक्षण हुन् । निवारणमा मह जगाउने

बिशेष काममा विचार गर्नु पर्ने समयहरु ।

यमघंटक काल बिहान 05:27 देखि बिहान 07:08 सम्म ।
यो समय मंगल ग्रहको उपग्रह यमघंटकको असर दायक समय हो । यो समय महा अशुभ समय मानिन्छ । यो समयमा गरिएका कुनै पनि महत्वपूर्ण काममा मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा बताईएको छ ।

गुलिक काल बिहान 08:49 देखि बिहान 10:30 सम्म ।
गुलिक काल शनि ग्रहको उपग्रह अन्तर्गत प्रभाव समय भएकाले यो समयमा गरिएका नयाँ काम, ठुलो काम र जोखिम काममा बाधा हुन्छ । पूराहुन कठिन हुन्छ । त्यहि कामलाई दोहोर्याएर गर्नुपर्ने हुन्छ भनि पुरणहरुमा बताईएको छ ।

चन्द्र होरा अनि अभिजित मुहूर्त बिहान 11:37 देखि दिउसो 11:58 सम्म ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।
अभिजित मुहूर्त अति शुभ मानिन्छ । यो समयमा धर्म, कर्म, पूजा, हवन, दान, सेवा अथवा इश्वरको आराधना गरेमा आफ्नो मनाेकाँक्षा पूरा हुनेछ । शुभ काम यो समयमा सुरु गरेमा छिट्टै पूरा हुनेछ । शास्त्रहरुमा बताईएको छ ।

राहु काल दिउसो 1:52 देखि दिउसो 03:32 सम्म ।
यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
राहु कालमा सुरु गरिएका व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ,
मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला ।
पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला । बिशेष सावधानी अपनाउनु पर्ने समयहरुमा मात्र ।

Comment