1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ५ शुकर्बार

इलामको दानाबारीमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु



झापा ।  इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो ।

झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवका अनुसार मोटरसाइकलमा तीनजना सवार थिए ‌। तीमध्ये कार्कीको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका विनोद लिम्बु र रोशन लिम्बु गम्भीर घाइते भएका छन् । दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

स्पीक कर्नरबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment