1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गर्यो विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया



झापा ।  बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड झापाले सामुदायिक शिक्षा अभियान सञ्चालन गरेको एक वर्ष नाघेको अवसरमा  विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ।

सामुदायिक शिक्षा अभियानका अध्यक्ष उमानाथ ओलिको अध्यक्षतामा आयोजित कार्यक्रममा संबिधानसभा सदस्य हरिचरण शिवाकोटिको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षाविद युबराज पाण्डेले स्वागत गर्नुभएको कार्यक्रममा गौरिगन्ज गाउपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवर सहितको टोलिले यो कार्यक्रम उत्कृष्ट रहेको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो ।

कार्यक्रममा अनौपचारिक शिक्षा पाठ्यक्रम निर्माण गरिएको र त्यसका मस्यौदाका विषयमा समेत छलफल भएको समितिका सदस्य अर्जुन पाठकले बताउनुभयो । मस्यौदाहरु शिक्षाविद मोहन प्रसाद ओलिले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन अभियानका सचिव टंक सेडाइले गर्नुभएको थियो ।

Comment