1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

गर्मी छल्ने गतिलो माध्यम बन्दै इलामको स्वागत झरना



अच्युत सुबेदी, झापा 

गर्मी बढेसँगै झापा र इलामको सिमानामा रहेको स्वागत झरना आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको छ । इलामको रोङ गाउँपालिका ४ किटेनीमा रहेको यो झरना झापा इलामको सिमानाबाट करिब २ किलोमिटर भित्र छ । चाहे छुट्टी र फुर्सदको समय होस, चाहे पर्यटकिय क्षेत्रको अवलोकन गर्न नै किन नहोस झापा लगायत अन्य जिल्लाका मानिस यो ठाउमा पुग्ने गरेका छन् ।

अग्लो ठाउँबाट छङ्ग छङ्ग झर्ने पानी, मनै लोभ्याउने डाडाकाँडा र हरियाली वातावरण । यहाँ बग्ने चिसो पानी र बहने हावाले मनै आनन्द दिलाइरहेको छ । झापाको गर्मी छेल्ने साच्चै मज्जाको केन्द्रबिन्दु यो झरना बनिरहेको छ । अफ्ठ्यारो बाटो र चिप्ला ढुङ्गामा लड्दै लड्दै गरिएको यात्रा भुलाउने यहाँको रमाइलोले आम मानिसलाइ लोभ्याइरहेको छ । तत्कालको अवस्थामा बाटोको स्तरोन्नती र केही ठाउँमा पुलको आवस्यकता यहाँ आउने नागरिकले अनुभव गरिरहेका छन ।

शुरुवाती अवस्थामा स्थानियहरुले नुहाउन र खानेपानीको मुहानको रुपमा प्रयोग गर्दै आएको यो झरना
स्थानिय ठाउँमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको व्यापकताले प्रचारमा आएको हो । अहिले झरना हेर्नैका लागि जाने पनि एक पटक पानिमा थापिएर आउने गरेका छन् । छुट्टी र गर्मीको समयमा दैनिक करिब ३ सय देखि ५ सय जना आन्तरिक पर्यटकहरु आउने यस स्वागत झरनामा बिषेशगरि झापालीको बाक्लो उपस्थिती हुने गरेको स्थानिय बुद्व तामाङले बताउनुभयो ।.

केहि वर्ष अघि सम्म यो ठाउँ ओझेलमा परेपनि स्थानिय तहमा जनप्रतिनिधी आएसँगै अहिले बिकासको गतिमा छ । पर्यटकको मन लोभ्याउनकालागि यो ठाउँको बिकासमा स्थानिय जनप्रतिनिधी लागि परेका छन् । अघिल्लो आर्थिक वर्षमा स्थानिय सरकारको पहलमा प्रदेश सरकारबाट प्राप्त ४० लाख रुपैयाबाट यो ठाउँमा आवश्यक पुल, सौचालय बनाउनुका साथै बाटाको केहि भाग मर्मत गरिएको छ । यो आर्थिक वर्षमा पनि माग भए अनुसार केहि रकम प्राप्त हुने आश्वासन पाएको र उक्त रकम बिकासका पूर्वाधारमा खर्च गरिने पर्यटन सुचना केन्द्र जोरकलसका सुचना अधिकृत गगन घिमिरेले बताउनुभयो ।

आन्तरिक पर्यटकको मनै लोभ्याउने यो झरना अहिले झापा बासीको सितल खाने थलोको रुपमा बिकास भएको छ । कोरोना भाइरसले चोट लगाएको पर्यटन क्षेत्र अहिले आएर सामान्य चलायमान भएको छ । बिस्तारै कोरोनाको कहर सकिएपछि यो ठाउँ आन्तरिक र वाह्य पर्यटक भित्राउने गतिलो माध्यम बन्नेमा दुइमत छैन । तसर्थ यसको बिकासमा स्थानिय सरकार लाग्न जरुरी देखिन्छ ।

[email protected]

Comment