

मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने
काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।
वृष –आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।
मिथुन –एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ ।
कर्कट –ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा
दिलाउनेछन् ।
सिंह – अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।
कन्या –आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मानसम्मान पनि पाइनेछ ।
तुला – गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
वृश्चिक –आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ ।
धनु –स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ ।
मकर–कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।
कुम्भ–आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
मीन –आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ ।लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध
जोडिनेछ ।
बिशेष कुरा = दाम्पत्य जिवन मिल्नु सबै कुरा आफ्नो प्रगति, सन्तानको प्रगति, आनन्द अनुभुति, उपायमा शिव परिवार बिल गेट्स्, मोदी
बिशेष काममा विचार गर्नु पर्ने समयहरु ।
यमघंटक काल बिहान 05:31 देखि बिहान 07:11 सम्म ।
यो समय मंगल ग्रहको उपग्रह यमघंटकको असर दायक समय हो । यो समय महा अशुभ समय मानिन्छ । यो समयमा गरिएका कुनै पनि महत्वपूर्ण काममा मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा बताईएको छ ।
गुलिक काल बिहान 08:51 देखि बिहान 10:30 सम्म ।
गुलिक काल शनि ग्रहको उपग्रह अन्तर्गत प्रभाव समय भएकाले यो समयमा गरिएका नयाँ काम, ठुलो काम र जोखिम काममा बाधा हुन्छ । पूराहुन कठिन हुन्छ । त्यहि कामलाई दोहोर्याएर गर्नुपर्ने हुन्छ भनि पुरणहरुमा बताईएको छ ।
चन्द्र होरा अनि अभिजित मुहूर्त बिहान 11:35 देखि दिउसो 11:56 सम्म ।
चन्द्र होरा सबै कार्य सिद्धिका लागि शुभ समय मानिन्छ ।
अभिजित मुहूर्त अति शुभ मानिन्छ । यो समयमा धर्म, कर्म, पूजा, हवन, दान, सेवा अथवा इश्वरको आराधना गरेमा आफ्नो मनाेकाँक्षा पूरा हुनेछ । शुभ काम यो समयमा सुरु गरेमा छिट्टै पूरा हुनेछ । शास्त्रहरुमा बताईएको छ ।
राहु काल दिउसो 1:50 देखि दिउसो 03:30 सम्म ।
यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
राहु कालमा सुरु गरिएका व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ,
मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।
य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला ।
पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला । बिशेष सावधानी अपनाउनु पर्ने समयहरुमा मात्र ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

