1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ चैत्र ८ आइतबार

मेरिल्याण्डवासी लिम्बू समुदायकाे दाेश्राे भेटघाट तथा वनभाेज कार्यक्रम



अमेरिका- मेरिल्याण्ड राज्यमा बसाेबास गर्ने नेपाली लिम्बू समुदायकाे बार्षीक भेटघाट तथा वनभाेज कार्यक्रम साेमवार मनाईएकाे छ । मेरिल्याण्डस्थिति रक रिज पिकनिक सेल्टरमा आयोजना भएकाे कार्यक्रममा पाल्नुहुने अतिथीहरूलाई मिठा मिठा परिकार र आत्मिय सम्मानद्वारा स्वागत गरिएकाे थियाे ।

जातीय पहिचान र संस्कृति संरक्षणकाे उद्देश्य राखी गत वर्षबाट सुरू गरिएकाे कार्यक्रमलाई आगामी बर्ष अझ भव्य रूपमा आयोजक समितिका प्रतिनिधि घनेन्द्र मावाेले बताउनुभयाे ।

मेरिल्याण्ड राज्यका विभिन्न स्थानमा बसाेबास गर्ने लिम्बू समुदायका करिव ४० जनाकाे सहभागिता रहेकाे कार्यक्रममा फरक समुदायबाट अतिथिका रूपमा पाल्नुहुने नव आगन्तुक पाहुनाहरूलाई लिम्बुकाे पहिचान सिलााम साक्मा तथा खादा पहिर्याएर सम्मान गरिएकाे थियाे ।

राज्यमा रहेका लिम्बू समुदायलाई एकताबद्व गराउन तथा वर्षैपिच्छे विभिन्न उद्देश्यका साथ भित्रिने व्यक्तित्वलाई परिचय गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने आयोजक समितिका अर्का प्रतिनिधि पिके थक्लङले जानकारी दिनुभयाे । विभिन्न सांस्कृतिक कार्यक्रमसहित निला जवेगुकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन घनेन्द्र मावाेले गर्नुभएकाे थियाे ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर