1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ चैत्र ८ आइतबार

मेची प्रादेशिक अस्पतालमा सोलार प्लान्ट जडान हुने



झापा ।  खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रादेशिक अस्पताल भद्रपुरको भ्रमण गर्नु भएको छ।

सोलार जडान गर्ने उपायुक्त ठाउँ पहिचान गर्ने उद्देश्यका साथ माननीय मन्त्री कार्कीले अस्पताल भ्रमण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

काेशी प्रदेश सरकारको करिब १ कराेडकाे लगानीमा २ सय के. भि. ए. काे साेलार प्लान्ट निर्माण हुनेछ।

यस परियोजना सम्पन्न पश्चात अस्पतालको मासिक बिजुलीको बिलमा ६०% कटाैती हुने भनिएको छ।

हाल याे अस्पतालले मासिक ७ लाख रुपैयाँ जति बिजुलीको बिल तिर्दै आएको छ।

कार्यक्रममा अस्पतालका अध्यक्ष बिश्व बराल, सुपरिटेन्डेन्ट डा. रामबाबु खड्का लगायतको उपस्थिति रहेको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर