1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोड ७ मा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु



झापा ।   झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित छिमेकी युवा संस्था (N.Y.C.) को आयोजनामा दोस्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

खेल र खेलाडीहरुलाई हौसला बढाउन र प्रोत्सहन गर्नका लागि बडा दशैँको उपलक्षमा गत वर्ष झै यस वर्ष पनि प्रतियोगिता आयोजना गरिएको हो ।

आजको उद्घाटन खेलमा पानी ट्याकी टोल विकास संस्थाले जित हात पारेको छ ।

डाडागाउँ बाह्रघरे टोल विकास संस्थालाइ ३-० गोल अन्तरले पछि पार्दै  पानी ट्याकी टोल विकास संस्थाले जीत हात पारेको हो ।

पानी ट्याङ्की टोलको जितका लागि अजित बुढाथोकिले २ तथा लखन मुर्मुले १ गोल गरेका थिए ।

सुजित सिंह कार्कीको सभापतित्व तथा विर्तामोड नगरपालिकाका नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला प्रमुख आतिथ्यतामा उद्घाटन समारोह आयोजना गरिएको थियो ।

कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलले सकारात्मक सोचको बिकास सँगै युवाहरुलाइ खेलप्रती आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमको संचालन बिमल न्यौपानेले गर्नुभएको थियो   ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment