1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

राष्ट्रिय खेल भलिबलको प्रतिमा कमल गाउँपालिकामा बनाउने तयारी सुरु



झापा ।  झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाजुङ्गी – गौरदह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा खेलाडिले बल सर्भिस गर्न लागेको भलिबलको शालिक बन्ने भएको छ ।

मङ्गलबारेमा रहेको सगुन युवा क्लवको अगुवाइमा स्थानीय युवाहरुबाट संकलित रकमबाट देशकै राष्ट्रिय खेल भलिबलको उक्त शालिक निर्माण हुने जानाइएको छ ।

सोमबार एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंंह राईले शालिकको विधिवत रुपमा शिलान्यास गर्नु भयो ।

उहाँ क्लवका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

२०५६ साल बैशाख १९ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको सगुन युवा क्लबले बिगत २८ बर्ष देखि स्थानिय,पालिका, जिल्ला तथा अन्तराष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु संचालन गर्दै आएको र देश मै छुटै खालको ख्याति कमाएको छ ।

नेपालमा जुन बेला आधुनिक भलिबल खेल देश मै धरासायी भएको अवस्था थियो, त्यो बखत कमलमा सगुन युवा क्लवले भलिबलको संरक्षणमा खेलेको भुमिकाको सम्मान र सम्झनामा शालिक निर्माण गर्न लागिएको पूर्व राष्ट्रिय भलिबल टिमका खेलाडी तथा क्लबका सचिव राेशन दाहालले बताउनुभयो ।

क्लवले कमलमा बन्दै गरेको नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडी(अमुख ब्यक्ति)को शालिक आउँदै गरेको चाड दशै भन्दा अगाडि नै सम्पन्न गर्ने कोसिस गरिरहेको समेत दाहालले जानकारी दिनुभयो ।

Comment