1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

तनाबग्रस्त केरखा , स्थानिय आक्रोसित



झापा ।  झापाको कमल गाउपालिका स्थित केर्खा बजार तनाबग्रस्त बनेको छ ।

आज साँझ रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछी स्थानियबासिले प्रहरी चौकिमा आगजनीको प्रयास गरिरहेका छन् ।

प्रहरिले अश्रु ग्यास प्रहार गरेको छ । आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडान लिएका छन् । उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम र थर भने खुलेको छैन ।

अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ । 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment