झापा । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ ।
अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो ।
बिर्तामोडको सैनिक बजारबाट सुरु भएको रन बिर्तामोड नगरपालिका अगाडि आएर टुंगिएको थियो ।
प्रतियोगितामा ओसन राई प्रथम, शिव कार्की द्धितिय र स्काइ लिम्बू तृतिय तथा महिला तर्फ सुनकला राई प्रथम, जुहि राई द्धितिय र पुष्पा शेर्मा तृतिय भएका थिए ।
महिला तथा पुरुष खुला रनको दुवै विधा प्रथम हुनेले नगद आठ हजार रुपैयाँ, दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार रुपैयाँ पाएको क्लबका अध्यक्ष राज मुखियाले बताए ।
रनलाई बिर्तामोड-३ को वडा खेलकुद विकास समितिले सहयोग गरेको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१