1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने



झापा ।    मेची आँखा अस्पतालमा कानको उपचार सेवा थपिएको छ ।

लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो ।

उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो ।

आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।

उहाँले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताउनुभयो ।

त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको जानकारी दिनुभयो ।

आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उहाँको भनाई थियो ।

यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ ।

निकट भविष्यमा कानको उपचारका लागि थप सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले बताउनुभयो ।

बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफनो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताउनुभयो ।

उहाँले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गर्नुभयो ।

Comment