1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ असोज १३ मंगलबार

विपन्न लक्षित कार्यक्रम अनुसार बिर्तामोड १ का राजवंशीलाई ठेला प्रदान



झापा ।   बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ ।
वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो ।

वडा नम्बर १ बर पिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरीएको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरीएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो।

वडाले ठेला उपलव्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिनुभएको छ । वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामाग्री प्रदान गरीएको र यस वर्षपनि सोहि कार्यक्रमलाई निरन्तर्ता दिएको हो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment