झापा । सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ ।
बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ ।
तर सेनाले समय अनुकुल बनाएर जवाफी आक्रमण गर्ने बताएको छ । अहिले अलेपोका सबै सरकारी निकाय तथा कार्यालयहरु बिद्रोहीको नियन्त्रणमा छन् ।
बिद्रोहीले गरेको आक्रमणको क्रममा २० जनाभन्दा धेरै सर्वसाधारणसहित तीन सय जनाभन्दा धेरै मारिएका बीबीसीले जनाएको छ ।
सन् २०१६ मा राष्ट्रपति बसर अल–असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका हुन् ।
सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि शुरु भएको गृहयुद्धमा पाँच लाखभन्दा धेरै मानिसहरू मारिएका छन् ।
सन् २०२० मा टर्की र सिरियाको प्रमुख सहयोगी रुसले युद्धविराम गराएसँगै लडाइँ कम भएको थियो ।
तर अहिले रुससहित सिरियाका सहयोगीहरु आफैं युद्धमा रहेको मौकामा सिरियामा बिद्रोहीहरुको आक्रमण बढेको छ ।
उज्यालो अन्लाइनबाट