1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

प्लेन बस्तीमा खस्यो, १० जनाको मृत्यु



झापा ।  पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।

प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए ।

ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ । क्रिसमसको बिदामा यो शहरमा पर्यटकहरुको निकै भिड लाग्ने गर्दछ । यो शहरलाई जर्मन र इतालवी प्रवासीहरुले बसालेको बताइन्छ ।

Comment