1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १५ सोमबार

साना किसानले गर्यो सदस्यहरुको निशुल्क स्वस्थ्य परिक्षण



झापा ।   साना किसान कृषि सहकारी संस्था बिर्तामोडको आयोजनामा आज एक दिने निशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ ।

एन्जल फाउण्डेसन उर्लाबारिको प्राबिधिक सहयोगमा सम्पन्न स्वास्थ्य सिबिरमा पायल्स, फिसर, फिस्टुला तथा गुप्तरोग सम्बन्धी परिक्षण तथा उपचार गरिएको संस्थाका ब्यवस्थापक पुष्प ढुङ्गेलले बताउनुभयो ।

सिबिरमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको र त्यसमध्ये १३ जनामा बिराम देखिएको उहाँले बताउनुभयो ।

उनिहरुको श-शुल्क उपचार गरिएको संस्थाका अध्यक्ष शेखर कडेलले बताउनुभयो । उहाँले आगामी २ वटा शनिबार उनिहरुको पुन परिक्षण र उपचार गरिने समेत बताउनुभयो ।

संस्थाका अध्यक्ष कडेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

Comment