1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

टोल कमिटी अधिवेशनलाई तिब्रता



झापा ।   नेकपा एमालेले बिर्तामोड नगर कमिटिले नगरका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ ।

नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि ७५ वटा टोल कमिटि मध्ये ६७ वटा टोल अधिवेशन सम्पन्न भएको छ । ८ वटा टोल कमिटि गठन गर्न बाकि रहेको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराइले जानकारी दिनुभयो l

वडा नं १ मा ६ वटा, वडा नंं २ मा १० वटा, वडा नं ३ मा ७ वटा, वडा नं ४ मा १० वटा, वडा नं ५ मा ७ वटा, वडा नं ६ मा ४ वटा, वडा नं ७ मा ६ वटा, वडा नं ८ मा ५ वटा, वडा नं ९ मा ३ वटा र वडा नाम १० मा ९ वटा टोल कमिटी अधिवेशन सम्पन्न भएको भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार अब वडा नं ३ मा १ ,वडा नं ६ मा १,वडा नं ८ मा १ र वडा नं ९ मा ५ वटा टोल कमिटी अधिवेशन गर्न बाँकी रहेको छ ।

यसै गरी अखिल नेपाल महिला सङ्घ लगायत सम्पूर्ण भातृ संगठनको टोल अधिवेशनलाई पनि तिव्रता दिइएको भट्टराईको भनाई छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment