झापा । विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड झापाद्वारा सञ्चालित सामुदायिक शिक्षा अभियान अन्तरगतको विराट बाल तथा किशोर क्लब आज एक कार्यक्रमका वीच गठन गरिएको छ ।
कञ्चन ओली अध्यक्ष रहेको २१ सदस्य नव निर्वाचित समितिको छात्रा उपाध्यक्षमा प्राची ढुङ्गाना र छात्र उपाध्यक्षमा अभिषेक भण्डारी रहनुभएको छ ।
समितिको महासचिवमा निधि यादव, सचिव ओसिम सिटौला र कोषाध्यक्षमा सृष्टि सिटौला रहनुभएको छ । समितिको सदस्यमा रिती मैनाली, कोविदमणी ओली, आशिश खरेल, प्रनिशा खरेल, सन्देश गौतम, सरगम गदाइली, मौनता तिम्सिना, अयुष्का आचार्य, सुदिप पौड्याल, रजनी कट्टेल, प्रेरणा सिटौला, इशानी पौडेल, रीवाज दाहाल, सिवाङ्गी कार्की र विशाल खरेल रहनुभएको छ ।
कार्यक्रममा विराट बाल तथा किशोर क्लबका नि-वर्तमान अध्यक्ष प्रनिशा न्यौपाने र रमि प्रसाईलाई प्रशिक्षकमा बढुवा गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, योग विज्ञान, कला, साहित्य, संस्कृति, आचरण र व्यवहारिक शिक्षालाई जोड दिदै २०८० साल वैशाख २३ गतेबाट शुरु गरिएको यो अभियानमा विर्तामोड क्षेत्रका १२ वटा विद्यालयहरुका झण्डै १ सय २० जना बालबालिकाहरुको नि-शुल्क सहभागिता रहेको छ । सामुदायिक शिक्षा अभियान अन्तरगत हरेक शनिवार विषय विज्ञहरुका साथ अडियो भिडियो सहितको विहान २ घण्टाको विशेष कक्षा हुने गरेको छ ।
अभियानका कक्षाहरु छुट्टै पाठ्यक्रमका साथ चाँडै नै थप व्यवस्थित गर्दै लगिने र हाल अक्षय कोष निर्माण कार्य समेत अघि बढेको अभियानका संयोजक उमानाथ ओलीले बताउनु भएको छ ।
अभियान अन्तरगत महिनाको एउटा शनिवार बालबालिकाहरुलाई धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक स्थलको अध्ययन अवलोकन भ्रमण समेत गराइने गरिएको छ ।
सामुदायिक शिक्षा अभियानका संयोजक उमानाथ ओली, विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्रप्रसाद सिटौला, अभियानका सदस्य अर्जुनकुमार पाठक, सगरमाथा सामाजिक सेवा केन्द्रका अध्यक्ष भीष्म उप्रेती, सभामुख देवराज घिमिरेका नीजि सचिव हिमाल मैनाली, पत्रकार गणेश कोइराला लगायतको उपस्थितीमा विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।