1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट



झापा ।  झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति ८ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ कल्याण चौक बस्ने ५० वर्षीय बाबुकाजी बस्नेतले आफ्नै गोठमा गाईलाई घुर तपाउनलाई आगो बाल्ने क्रममा अचानक आगो सल्किएको थियो ।

आगलागीबाट टिनको छानो भएको एक तले गोठ , गोठभित्र रहेको धान १५ मन जलेर नष्ट हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा बाबुकाजी बस्नेत अनुहारमा सामान्य जलेर घाइते भएका छन् ।

उनको लालीगुराँस मेडिकल झिलझिलेमा उपचार भइरहेको छ ।

उक्त आगो स्थानीय मानिस र दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको, जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिदिन दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment