1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन



झापा । साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन भएको छ ।

साविक गरामनी गाविस वडा नं ४ मा तीनपटक वडाध्यक्ष जितेका कार्कीको ८१ वर्षको उमेरमा हिजो बेलुका ७.३० बजे उपचारका क्रममा निधन भएको हो । कार्कीका दुई छोरा र तीन छोरी रहेका छन् ।

जेठा छोरा चिरञ्जीवी कार्की हुन् । युवा समाजसेवी कार्की गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड ८ बाट वडाध्यक्षको पदमा उठेका थिए ।

त्यस्तै अर्का छोरा बसन्त कार्की , छोरीहरु बिन्दमाया कार्की , पार्वता कार्की र उमा कार्की कट्वाल हुन् ।

दिवंगत कार्कीको पार्थीव शरीरलाई आज बिहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

  प्रतिदिन बाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment