1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेका ३ जनाको अवस्था गम्भिर



झापा ।  ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने चार जना प्रहरीसँगको झडपमा घाइते भएका छन् ।

केबलकार निर्माणको विरोधमा प्रदर्शन गरिरहेका नो केबलकार समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा जना घाइते भएका हुन् ।

त्यसमध्ये गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

आज आइतबारबाट आन्दोलन गर्ने तयारी नो केबलकार समूहको भएपनि आन्दोलनलाई रोक्न शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डी.एस.पी. रवि रावलका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गरि चार जना आन्दोलनकारी घाइते भएका छन् ।

त्यसमध्ये घाइते मंगल लावतीको अवस्था सामान्य रहेपनि प्रहरीले चलाएको गोली लागेका यामबहादुर, धर्मान र सगुनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएर नोवेल मेडिकल कलेज विराटनगर ल्याइएको रावलले बताउनुभयो ।

डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गर्नुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment