1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

मेचीनगरमा बेरोजगार स्थानियलाई तालिम दिइदै



 

अच्युत सुबेदी, झापा
बेरोजगारी समस्या नेपालको सबैभन्दा ठूलो समस्या हो । स्थानिय तहको निर्वाचनका बेला अहिलेका बिर्वाचित जनप्रतिनिधिले रोजगारीको सिर्जना गर्ने लगायतका थुपै्र आश्वासनका पोका आम नागरिकलाई बाँडे । तर, झापाका कतिपय स्थानिय तहले भने सिपमुलक तालिमका लागि छुट्याइएको पैसा समेत सहि ठाउँमा लगाउन सकेका छैनन् । तर, झापाको मेचिनगर नगरपालिकाले कोरोनाको यो जोखिमका बेला पनि स्थानियलाई स्वरोजगार बनाउन निरन्तर काम गरिरहेको छ ।

झापाको मेचीनगर नगरपालिकाले बेरोजगार समस्याबाट आफ्ना नागरिकलाई बचाउन हर सम्भव प्रयास गरिरहेको छ । गरिबि निवारणका लागि लघु–उद्यम बिकास कार्यक्रम अन्तरगत नगरपालिकाले वडा नम्बर ८ मा झोला बनाउने तालिम दिइरहेको छ । त्यति मात्र हैन स्थानियको रुचि अनुसारका अन्य तालिम पनि स्थानिय तहमा सञ्चालनको अवस्थामा रहेका छन् । यस अघि घरको काममा मात्र व्यस्त हुने मेचिनगरका महिला समेत अहिले सिप सिकेर घरगाउँमै स्वरोजगार बन्न पाइन्छ भन्नेमा खुसी लागेको स्थानिय कमलादेबी बिश्वकर्माले बताउनुभयो ।

आर्थिक वर्ष ०७७–०७८ कै बजेट भए पनि कोरोना संक्रमणका कारण तालिम सञ्चालन हुन सकेको थिएन । अहिले पनि भौतिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर तालिम चलाइएको छ । यो कार्यक्रम अन्तरगत सहभागिलाई तालिम मात्र दिएर छाड्ने नभइ पहिलो बर्ष तालिम दिने, दोस्रो बर्ष प्राबिधिक सामाग्री बितरण, तेस्रो बर्ष स्तर उन्नति तालिम, चौथो बर्ष बित्तिय पौच सँगै उत्पादित मासाग्री अब बजारमा बेच्नका लागि समन्वयको भूमिका निभाउने र पाँचौ बर्ष सम्म सहभागिले राम्रो सँग सहभागिता जनाए अवलोकन भ्रमण सम्मका कार्यक्रमहरु गर्ने लक्ष रहेको प्रशिक्षक तथा जिल्ला लघुउद्यमी समूह संघ झापाकी अध्यक्ष निर्मला भण्डारीले बताउनुभयो ।

बर्षको ८० जनालाई ५ बर्षसम्म सहयोग गर्ने यो कार्यक्रममा प्रत्येक बर्ष थप ८० जना मानिसलाई समेत सहभागि गराइन्छ । करिब ३२ लाख रुपैयाको बजेट रहेको यो कार्यक्रमले बेरोजगारी समस्या समाधानमा ठूलो योगदान पुग्ने नगरको बिश्वास रहेको छ । अहिले ८ नम्बर वार्डमा मात्र २२ जनाले बिभिन्न तालिम लिएरहेका छन् । ब्याग बनाउने सिप सिक्न १२ जना, सिलाई कटाइमा २ जना, कृषिमा २ जना र चप्पल बनाउने तालिममा ५ जना गरि २२ जनाले सिप सिकिरहेको मेचिनगर नगरपालिका वार्ड नं. ८ का कार्यवाहक अध्यक्ष गंगाप्रसाद पाठकले बताउनुभयो ।

बेरोजगार समस्या समाधानमा स्थानिय तहले गरेको यो समन्वयको नागरिकहरुले प्रसंसा गरेका छन् । यसरिनै सबै स्थानिय तहले आफ्ना नागरिकको सिप बिकासमा सहयोग गरेर स्वरोजगार बनाउन सके लाखौ बिदेशिने युवाले स्वदेशमै राम्रो आम्दानी गर्न सक्नेमा दुइ मत छैन ।

Comment