1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

प्रविधिको प्रयोग गरेर बुद्धशान्तिमा रोपियो चैते धान



झापा ।   प्रविधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ ।

धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि किसानलाइ खेती गर्न सहज बन्न थालेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा पनि आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धान रोपिएको छ ।

बुद्धशान्ति–३ चर्चाबारीमा किसानले लगाएको एक विगाहा क्षेत्रफलमा आधुनिक धान रोप्ने मेसिनको प्रयोग गरेर चैते धान रोपिएको हो ।

किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले बुद्धशान्तिमा प्रविधिमार्फत धान खेती गरिएको बुद्धशान्ति गाउँपालिका कृषिविकास शाखाका कृषि प्राविधिक कृष्ण ढुंगेलले बताएका छन् ।

उनले कृषि ज्ञान केन्द्रको सहयोगमा स्थानीय दिपज्योती कृषक समूहको आयोजनामा धान रोपाइँं गरिएको बताएका छन् ।

किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउन र उत्पादन बढाउन साथै समयको पनि बचत हुने भएकाले आधुनिक कृषि प्रविधि प्रयोग गर्दै चैते धानको रापाइँं गरिएको कृषि प्राविधिक ढुंगेलको भनाइ छ ।

उनले २ हजार तीनसय हेक्टर खेतीयोग्य जमिन रहेको बुद्धशान्तिमा पहिलो चरणमा एक विगाहा क्षेत्रफलमा चैते धान रोपिएको र बर्खे धानमा पनि यो प्रविधिले रोप्ने योजना रहेको बताएका छन् ।

यसअघि झापा जिल्लाका चार वटा पालिका गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् ।

‘किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो’,उनले भने, ‘बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।’

सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनले बताए ।

सुरुसुरुमा किसानहरुलाई परम्परागत प्रणालीबाट नयाँ प्रविधिमा जानका लागि केही अप्ठेरो देखिएको भएपनि यसका फाइदा बुझेपछि पछिल्लो समय जिल्लामा आधुनिक प्रविधिको प्रयोगले खेती गर्ने किसानको संख्या बढ्दै गएको पाइएको छ ।

अहिले जिल्लामा हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग बढिरहेको छ ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment