1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो



झापा ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि एक सय ४४ रनको लक्ष्य पछ्याएको मुम्बईले १५ ओभर ४ बलमा तीन विकेट गुमाउँदै भेट्टायो । उसका रोहित शर्माले सर्वाधिक ७० रन बनाए । सूर्यकुमार यादव ४० रनमा अविजित रहे ।

हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । उसले १३ रन जोड्दा ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रन बनाए ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ तथा दीपक चाहरले २ विकेट लिए । मुम्बईको ९ खेलमा १० अङ्क छ । ८ खेलमा छैटौं हार बेहोरेको सनराइजर्स तालिकाको नवौं स्थानमा छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment