1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

विर्तामोड ७ मा स्वास्थ्य शिविर सम्पन्न



झापा ।  युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव अस्मिता कार्कीले जानकारी दिनुभयो ।

स्पाइनएक्स अस्पतालका निर्देशक डा. प्रेमबहादुर शाही, जनरल सर्जन डा. लक्ष्मण राना मगर, मेडिकल अफिसर डा. राजेन्द्र खत्वे र फिजियो थेरापिष्ट डा. कविन सापकोटा लगायतको टोलीले विशेषज्ञ सेवा दिनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले नागरिकको स्वास्थ्य राज्यको दायित्व भएको बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा काम गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने मन्त्री कार्कीको जिकिर थियो ।

युथ पावर फाउण्डेशन झापाका अध्यक्ष दीपा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड ७ का अध्यक्ष अविरल कृष्ण खरेलले वडावासीको स्वास्थ्यका लागि वडाका जनप्रतिनिधि गम्भीर रहेकाले संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सरिता मैनालीले स्वागत गर्नु भएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment