1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ



झापा  ।   नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापा बुद्धशान्तिका एक युवक पक्राउ परेका छन् ।

बैशाख ३१ गते राति ९ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर –४ चिलिमगढी घाटमा १४ वर्षीया नाबालिकालाई बुद्धशान्ति–३ सात नम्बर चोक बस्ने १९ वर्षीय समिक घिसिङ तामाङले ललाइफकाई जवरजस्ती करणी गरेका थिए ।

गएराति ८ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा पीडितको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

दुवैलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिदिन दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment