झापा । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेचीराजमार्गअन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल फेरि भ त्किएको छ। आज साँझ भएको यो दुर्घटनामा ६ जना मजदुर घाइते भएका छन्, जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ।
दोहोरियो दुर्घटना, अघिल्लो वर्ष पनि भत्किएको थियो पुल
यो हेवाखोलाको सोही स्थानमा निर्माण भइरहेका पुल अघिल्लो वर्ष २०८१ सालमा पनि भत्किएको थियो। पटक–पटकको विफलता तथा निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठिरहेको बेला यस वर्ष पुनः त्यही स्थानमा पुल भत्किनुले निर्माण कम्पनी, प्राविधिक अनुगमन र आयोजना व्यवस्थापनलाई विवादमा ल्याएको छ।
आजको दुर्घटना विवरण
पुल भत्किएको सूचना बेलुका ६:२० बजे प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रनाउ कौशल कुमार बुढाथोकीको नेतृत्वमा ३५ जना प्रहरीको टोली खटिएको थियो।
उनीहरूले तत्काल उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल फिदिममा ल्याएका थिए। एक गम्भीर घाइतेलाई झापातर्फ थप उपचारका लागि रेफर गरिएको छ।
घाइतेको विवरण यस प्रकार छः
1. रूपलाल चौधरी (२२), बारा: गम्भीर अवस्था, बोल्न नसक्ने, बाहिरी चोट देखिएको छैन।
2. राजन चौधरी (२७): पिठ्युमा चोट, बोल्न नसक्ने, गम्भीर अवस्था।
3. राकेश चौधरी (२२): बोल्न नसक्ने, गम्भीर अवस्था, साँझ ७:२५ बजे झापातर्फ रेफर।
4. भुलेश्वर चौधरी (२५): दायाँ खुट्टा भाँचिएको, बोल्न नसक्ने, गम्भीर अवस्था।
5. प्रकाश चौधरी (३५): टाउको र शरीरमा चोट, बोल्न सक्ने, मध्यम अवस्था।
6. अभिषेक चौधरी (३०): टाउकोमा चोट, मध्यम अवस्था।
तस्बिरहरूले देखाउँछन्—निर्माणको कमजोरी वा व्यवस्थापकीय लापरवाही ?
दुई तस्बिरहरूमा एउटा पाटो पूर्णरूपमा खसेको देखिन्छ भने अर्को भाग अलपत्र अवस्थामा झुन्डिएको छ। स्थानिय बासिन्दा र प्रत्यक्षदर्शीहरूले निर्माणको गुणस्तरहीनता र लापरवाहीको आरोप लगाएका छन्।
प्रश्न उठ्दैछन्–किन दोहोरियो दुर्घटना ?
अघिल्लो वर्ष पनि यही स्थानको पुल भत्किएको थियो
पटक–पटकको असफल प्रयासबाट जनशक्तिको सुरक्षामाथि खतरा
जिम्मेवार निकायको अनुगमन कमजोर
निर्माण कम्पनी, डिपीआर अनुमोदन गर्ने प्राविधिक, तथा निर्माण अनुगमन गर्ने सरकारी संयन्त्रप्रति जवाफदेहिताको माग गर्दै स्थानीयबासी र जनप्रतिनिधिहरूले चासो व्यक्त गरिरहेका छन्।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१