1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ चैत्र ८ आइतबार

संघीय तथा प्रदेश सरकारको बजेटमा पर्याे झापाको मेची रंगशाला, साढे ६ करोड रुपैयाँ विनियोजन



झापा।  झापाको भद्रपुरस्थित मेची रंगशालाको पूर्वाधार विकासका लागि संघीय तथा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरेका छन्।

सरकारी स्वामित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालामा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बजेट छुट्याइएको हो।

संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालामा प्यारापिट निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए।

यस्तै, कोशी प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमार्फत फ्लड लाइट जडानका लागि तीन करोड ५० लाख रुपैयाँ छुट्याएको महासचिव जीवनकुमार श्रेष्ठले बताए।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार संघीय बजेटमार्फत प्यारापिट निर्माण गरिनेछ भने प्रदेशको बजेटबाट रंगशालामा फ्लड लाइट जडान गरिनेछ।

वि.सं. २०६२ देखि २०७९ सम्म विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड बाहेक अन्य खेलकुद गतिविधि नभएको सो रंगशालामा २०७९ सालमा भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना भएसँगै पूर्वाधार विस्तारको माग तीव्र बनेको थियो।

खेलकुद विकास समितिको समन्वय र गोल्डकप आयोजक समितिको पहलमा संघ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको थियो।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर