1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २० शुकर्बार

नेपाल खेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न, मिसन ८४ सफल बनाउन संगठन विस्तारको प्रतिबद्धता



झापा ।  नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक विराटनगरमा सम्पन्न भएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित बैठकले प्रदेशभर सप्ताह व्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकमा महासंघ कोशी प्रदेश अध्यक्ष रोहित कोइरालाले प्रदेशका प्रत्येक वडा र क्लबसम्म संगठन विस्तार गर्दै भदौ मसान्तसम्म जिल्लागत अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिनुभयो । साथै, ‘एमालेको मिसन ८४’ सफल पार्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरू प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

बैठकमा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपालको समग्र विकासमा खेलकुद क्षेत्रको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै खेलाडीहरूको क्षमता विकास तथा खेल क्षेत्रको प्रवद्र्धनमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, महासंघले खेल क्षेत्रमा सक्रिय सबै व्यक्तिहरूलाई समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले माक्र्सवाद, ऐतिहासिक द्वन्दात्मक भौतिकवाद तथा जबजको सैद्धान्तिक महत्वबारे प्रशिक्षण दिनुभयो । उहाँले अध्यात्मवाद र भौतिकवादबीचको अन्तरसमेत प्रस्ट पार्नुभएको थियो ।

बैठकले खेल क्षेत्रको संगठनात्मक तथा सैद्धान्तिक सुदृढीकरणमार्फत प्रदेशमा एमालेको संगठनलाई अझ प्रभावकारी बनाउनका लागि आधार तय गर्ने अपेक्षा गरिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment