झापा । लम्पी स्किन रोगका कारण किसानले पालेका धेरै वस्तुहरुमा समस्या देखिएको छ । दुइ वर्ष अघि महामारीकै रुप लिएको यो रोगले यस वर्षपनि झापामा धेरै किसानलाई समस्यामा पारेको हो । तर, हाल सम्म यो रोगबाट झापामा कति गाइबस्तुमा समस्या देखियो र कतिको मृत्यु भयो भन्ने यकिन तथ्याङक सम्बन्धित निकायमा छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले यस वर्ष झापामा १० हजार ६१ वटा पशु चौपायामा संक्रमण देखिएको र १ सय ४२ वटा गाईगोरुको मृत्यु भएको जनाएको छ । यो तथ्याङ््क प्रत्येक पालिकाबाट प्राप्त भएको कार्यालय प्रमुख शितल भट्टराइले बताइन् ।
उता पालिकासँग भने यसको आधिकारीक तथ्याङ्क नभएको बुझिएको छ । सम्बन्धित वडा कार्यालयमा जनप्रतिनिधिलाई यस बारेमा जानकारी नभएको र पालिकाका कर्मचारी समेत उपचार गरेर गएपछि फलोअपका लागि नआउने कारणले मृत्यु हुने पशुको सङ्ख्या यकिन नहुने देखिएको हो ।
चुनावका बेला किसानका खेत बारीमै पुगेर भोट माग्ने उम्मेदवारले जितिसकेपछि किसानका समस्यामा पटक्कै चासो नराखेको गुनासो किसानमा छ । झापाका कतिपय नगरकै पशु प्राविधिक बोलाएर पशुको उपचार गराएपनि उनिहरु फलोअपमा नआउनेगरेको किसान बताउँछन् । सुनेको भरमा गरिएको रिपोर्टिङका आधारमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले तथ्याङ्क सार्वजनिक गर्नेगरेको छ ।
पशुपंक्षी तथा मत्स्य विकास शाखा बिर्तामोडका प्रमुख डा. नगेन्द्र खड्काले आफुहरुको रिपोर्टिङ तथ्यको नजिक भएको बताए पनि आधारहरु भने खासै नभएको बताए । उनले प्राविधिकहरु उपचारमा भएकै आधारमा लम्पी स्किन रोगी पशुहरुको तथ्याङ्क निकालिने र मृत्यु हुने पशुको तथ्याङ्क भने कसैले जानकारी गराएमा मात्र थाहा हुने स्वीकार गरेका छन् । उनने निजि क्षेत्रका प्राविधिकसँग समेत नियमित सम्पर्क हुने भएकाले तथ्याङ्क लिन सहज हुने बताए । तर, नगरपालिका कार्यालयको केहि मिटर नजिक रहेको भेटेरीनरिका प्राविधिक टंक पौडेलले भने नगरपालिकाले निजि क्षेत्रका प्राविधिक सँग कुनै तथ्याङ्क नमागेको बताएका छन् ।
उता अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख पदम राइले भने आफुहरु फलोअपमा जाने गरेको र तथ्याङ्क संकलनमा सहजता भएको बताएका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१